मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हनुमानले १५ दिनमा कमायो २ अर्ब ५० करोड भारु

काठमाडौं – २० करोडको लगानीमा बनेको फिल्म हनुमानले १५ दिनमा २ अर्ब ५० करोड भारुभन्दा धेरै कमाइ गरिसकेको छ । फिल्मको सफलता देखेर मेकरहरुले यसको सिक्वेल जय हनुमान बनाउने घोषणा गरेका छन् ।

फिल्मको सिक्वेलमा १००० करोड भारु खर्च गर्न समेत निर्माताहरू तयार छन् । हनुमान १२ जनवरीमा रिलिज भएको थियो ।

हनुमानको अकल्पनीय सफलता देखेर मेकरहरुले फिल्मको सिक्वेलमा काम सुरु गरिसकेका छन् । निर्देशक प्रशान्त बर्माका अनुसार जय हनुमान बनाउन निर्माताहरुले १००० करोड भारु समेत दिन तयार छन् । तर आफूले यस्तो गर्न नचाहेको प्रशान्तको भनाई छ ।

प्रशान्तसँग फिल्मको स्क्रिप्ट तयार छ । तर उनी बिना कारण फिल्ममा पैसाको खोला बगाउन चाहँदैनन् । आवश्यकताअनुसार फिल्मको बजेट हेरेर अगाडि बढ्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?