मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिषेकको पछिल्लो भिडियोले सामाजिक सञ्जालमा हलचल, उनले भने– ‘म कुरा गर्न चाहन्छु’

काठमाडौँ – बलिउडको पावर कपल अभिषेक बच्चन र ऐश्वर्या रायको सम्बन्ध विच्छेदको खबरले सामाजिक सञ्जालमा यतिबेला चर्चामा छ । उनीहरुको बिछोडको खबर दिनहुँ आइरहेको छ ।

यसैबीच, हालै अभिषेक बच्चनले आफ्नी श्रीमती ऐश्वर्या रायलाई धोका दिएको आरोप समेत लगाएकाे थियाे । अभिषेक बच्चनको नाम चर्चित अभिनेत्री निम्रत कौरसँग जोडिएको छ । अब यस्तो अवस्थामा अभिषेक बच्चनले इन्स्टाग्राममा एक पोस्ट सेयर गरेका छन् । यो देखेर फ्यानहरुले अभिषेक बच्चन पत्नी ऐश्वर्या रायसँगको बिग्रँदै गएको सम्बन्ध सुधार्न चाहेको भनिरहेका छन् ।

अभिषेक बच्चन ऐश्वर्यालाई कति माया गर्छन् भन्ने कुरा कसैबाट लुकेको छैन, तर पनि उनीहरुको छुट्टिएको खबरले फ्यानलाई निकै दुःखी बनाएको छ । अब अभिषेकको यो पोस्ट पढेपछि सामाजिक सञ्जालमा यी दुईबीचको बिग्रँदै गएको सम्बन्धमा सुधार हुनसक्ने बताइएको छ ।

अभिषेक बच्चन र ऐश्वर्या राई दुवैले आफ्नो व्यक्तिगत जीवन सार्वजनिक रूपमा कहिल्यै चर्चा गर्दैनन्। चाहे त्यो जोडीको प्रेम होस् वा सम्बन्धविच्छेदको खबर, दुवैले आफ्नो सम्बन्धलाई सधैं अलग राखेका थिए । अब यस्तो अवस्थामा अभिषेक बच्चनको पछिल्लो पोस्ट बाहिर आएको छ ।

उनले पोस्टमा आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन्, जसको नाम ‘म कुरा गर्न चाहन्छु’ राखिएको छ । आज यो फिल्मको औपचारिक घोषणा गर्दै अभिषेकले टिजर पनि सार्वजनिक गरेका छन् । साथै अभिषेक बच्चनले यो फिल्मलाई निर्देशक सुजित सिरकारले निर्देशन गरेको र यो फिल्म नोभेम्बर २२ मा बक्स अफिसमा आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?