मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काँचो पनिरको सेवनले मिल्छ यस्तो स्वास्थ्यलाभ

पनिर हामी सबैलाई मनपर्ने तरकारी हो । अझ विशेषगरी शाकाहारी व्यक्तिहरूको लागी पनिर मुख्य र लोकप्रिय तरकारी हो । पनिरबाट धेरै प्रकारका परिकार बनाउन सकिन्छ । यो स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि धेरै गुणकारी हुन्छ ।

पकाएको सँगसँगै काँचो पनिरले स्वास्थ्यलाई धेरै फाइदा पुग्न सक्छ । काँचो पनिरमा प्रोटिन, फ्याट्स, क्याल्सियम, फस्फोरस, फोलेट र धेरै पोषक तत्त्व पाइन्छ । 

काँचो पनिर खानुका फाइदाहरू

छालाका लागि

काँचो पनिरमा भिटामिन ए, सेलेनियम, भिटामिन ई र एन्टिअक्सिडेन्ट्सका गुण पाइन्छ, जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

पाचनका लागि

काँचो पनिरले पाचन प्रणाली सुधार्न मद्दत गर्न सक्छ । कब्जियतको समस्याबाट पीडित हुनुहुन्छ भने काँचो पनीरलाई आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ । पनिरमा आइसोटिन र सोरबिटोल तत्त्व हुन्छन् जुन पेट सम्बन्धी समस्यामा फाइदाजनक मानिन्छन् ।

ऊर्जा का लागि

काँचो पनिरमा प्रोटिनसँगै धेरै पोषक तत्त्व पाइन्छ, जसले शरीरको थकान र कमजोरी हटाएर तपाईँलाई ऊर्जाशील राख्न मद्दत गर्न सक्छ ।

तौल घटाउनका लागि

काँचो पनिरको सेवन तौल घटाउन पनि उपयोगी हुन्छ । पनिरमा लिनोलिक एसिडको मात्रा बढी हुन्छ, जसले शरीरमा फ्याट बर्निङ्ग प्रक्रिया तीव्र गर्न मद्दत गर्छ ।

हड्डीका लागि

काँचो पनिरमा क्याल्सियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ, जसले हड्डीलाई मजबुत बनाउन मद्दत गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?