मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल हन्ट नेपालको नवौँ संस्करण शुरु

काठमाडौँ – मोडल हन्ट नेपालको नवौँ संस्करण शुरु भएको छ । 

आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै मोडल हन्ट नेपालको नयाँ संस्करण ‘मोडल हन्ट नेपाल २०२४’को आवेदन खुला गरेको हो ।

प्रतियोगितामा सहभागिताकालागि पुरुषको हकमा ५ फिट ६ इन्च र महिलाको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्नेछ । 

आवेदन फर्म खल्ती एपबाट भर्न सकिनेछ । सहभागी प्रतियोगीको हकमा उमेर १६ देखि २८ वर्ष हुनुपर्ने प्रावधान छ ।  

प्रतियोगिताको प्रारम्भिक चरणको अडिसन नेभेम्बर २२ ९मंसिर ७०गतेबाट सुरु हुनेछ । अडिसनमा छानिएका प्रतियोगीलाई सबिता कार्कीले कोरियोग्राफी गर्नेछिन् । 

प्रतियोगितामा विजेताले पाँच लाख बराबरको पुरस्कारसँगै अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता रनवे मोडल युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने छन् ।

एक हजार बढी मोडल उत्पादन गरिसकेको यो प्रतियोगीता नेपालकै बृहत् र स्तरिय  मोडल हन्ट मानिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?