मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लेबनानको बेरुत अस्पताल नजिकै इजरायली हमला : १३ जनाको मृत्यु, ५७ जना घाइते

काठमाडौँ – लेबनानको स्वास्थ्य मन्त्रालयले मंगलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको छ ।

लेबनानको सबैभन्दा ठूलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको आक्रमणमा अन्य ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी ‘एनएनए’ ले जनाएअनुसार द्वन्द्वको समयमा जनाहबाट केही मिनेट टाढा रहेको ओजाईमा पहिलोपटक आक्रमण भएको हो । तथापि घना जनसङ्ख्या रहेको रफीक हरिरी अस्पताल वरपरको क्षेत्रका लागि कुनै चेतावनी जारी गरिएको थिएन ।

लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायल र हिजबुल्लाहबिच जारी लगभग एक महिनाको युद्धले लेबनानमा कम्तिमा १ हजार ४८९ जनाको ज्यान लिएको छ दश लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?