मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दयाहाङ अभिनित फिल्म ‘राजागञ्ज’ चैत १ गतेदेखि प्रदर्शन गरिने

काठमाडौँ – अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘राजागञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

यसै साता मुम्बई फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको फिल्मलाई आगामी चैत १ गते प्रदर्शन गरिने निर्माण कम्पनी आदि फिल्म्सले जनाएको छ । फागु पूर्णिमाको अवसरमा फिल्म रिलिज हुन लागेको हो ।

नेपालमा ‘राजागञ्ज’ नाममा फिल्म प्रदर्शन हुने भए पनि विदेशका फेस्टिभलहरुमा ‘पूजा, सर’ शीर्षकमा स्क्रिनिङ हुँदै आएको छ । फिल्मको निर्मातामा दयाहाङ राई, रामबाबु गुरुङ लगायत छन् भने कार्यकारी निर्माताको रुपमा बलिउडका प्रसिद्ध निर्माता निर्देशक अनुराग कश्यप पनि जोडिएका छन् ।

फिल्मलाई दीपक रौनियारले निर्देशन गरेका हुन् । उनका अघिल्ला दुई फिल्म ‘हाइवे’ र ‘ह्वाइट सन’ समीक्षात्मक रुपमा अब्बल ठहरिएका थिए ।

सन् २०१७ मा चर्चित अमेरिकी अखबार न्यूयोर्क टाइम्सले दीपकलाई हेर्नै पर्ने विश्वका ९ निर्देशकहरुको सूचीमा राखेको थियो । उनले विश्व प्रतिष्ठित लोकार्नो, सिड्नी जस्ता फेस्टिभलमा जुरीको भूमिका समेत निभाइसकेका छन् ।

यो फिल्मको फ्रान्स, जर्मनी, स्विजरल्यान्ड, बेलायत, आयरल्यान्ड जस्ता देशका लागि महंगो मूल्यमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?