मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

काठमाडौँ – प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ ।

जसमा काठमाडौँको टोखा नगरपालिका-३ धनेश्वर डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-९ घर भएकी ४४ वर्षीया फुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा फुल माया समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१५ उषाटोल बस्ने ६० वर्षीय शरद लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ६ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

बाँके, राप्तिसोनारी गाउँपालिका-६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगंज उपमहानगरपालिका-६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दिया समेत २० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९१ हजार रूपैयाँ र १४ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?