मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘अनिदा रात’ लिएर शिल्पीको नाट्य टोली देश दौडाहामा (फोटोफिचर)

काठमाडौँ– यतिबेला शिल्पीको नाट्य टोली ‘शिल्पी नाट्य यात्रा –२०८१’ मा नाटक ‘अनिदा रात’ लिएर देश दौडाहामा छ ।

यो टोलीले कार्त्तिक ३ गते जाजरकोट, गर्खाकोटस्थित जुनीचाँदे गाउँपालिकामा पुगेर आफ्नो नाट्य प्रस्तुति गरिसकको छ । असोज २९ गतेदेखि देशका विभिन्न स्थानहरुमा पुगेर यो टोलीले नाटकघरभन्दा बाहिर निस्केर मुक्त रङ्गमञ्चको अवधारणामा रहेर कचहरी नाटक विधामा ‘अनिदा रात’ प्रस्तुत गरिरहेका छन् ।

नाटकले विनाशकारी भूकम्पबाट प्रभावित मानिसहरूको पीडाका साथै आदिवासी शैली, वास्तुकलाको ज्ञानको संरक्षण तथा पुनर्निर्माण अभ्यासहरू बारे जनचेतना जगाउने जमर्को गरेको छ ।

यसअघि नाट्य टोलीले पश्चिम रूकुमस्थित त्रिवेणी गाउँपालिकामा नाटक प्रस्तुत गरिसकेका छन् । रङ्गकर्मी पवित्रा खड्काको निर्देशन रहेको नाटकमा कलाकारहरु सुशीला लुहार, भुमिका परियार, सुमित भण्डारी, प्रेमचन्द पाण्डेय, धनराज सुनार, रविन परियार, अनुप तिमल्सिना, ज्योति पोखरेल र पूजा विश्वकर्माको अभिनय रहेको छ ।

‘शिल्पी नाट्य यात्रा कार्त्तिक १३ गतेसम्म जारी रहनेछ ।

फोटोफिचर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?