मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभियन्ता उर्मिला चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

जोयनेपाल
130
Shares
अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिंकेनले नेपालका सामाजिक अभियन्ता उर्मिला चौधरीलाई सोमबार वाशिङ्गटन डिसीस्थित स्टेट डिपार्टमेन्टमा ग्लोवल एन्टि रेसिजम च्याम्पियनशीप अवार्डबाट सम्मानित गर्दै । छ वर्षको उमेरमा कमलरीको रुपमा मालिकको घरमा पुग्नु भएकी चौधरी १७ वर्षको उमेरमा पढाई सुरु गर्दै अहिले मानव अधिकारको क्षेत्रमा क्रियाशिल हुनुहन्छ । तस्बिर ः मधुकर अधिकारी, रासस

वाशिङ्गटन डिसी– नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’बाट सम्मानित भएकी छिन् । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित ६ देशका सामाजिक अभियन्तालाई अवार्ड प्रदान गरेका हुन् ।

स्टेट डिापर्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी ६ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुगेकी थिइन् । उनलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानुन पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गर्दै आएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गर्दै आएकी छिन् ।

चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायको लागि विभेद र शोषणको लागि काम गर्दै आएकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

स्टेट डिपार्टमेन्टमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल पनि सहभागी थिए । अमेरिकाको विदेश मन्त्रालयले गत वर्षदेखि प्रदान गर्दै आएको उक्त अवार्ड प्राप्त गर्ने चौधरी दोस्रो नेपाली हुन् । गत वर्ष सोही अवार्ड नेपालकी सरस्वती नेपालीले प्राप्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?