मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धर्मा प्राेडक्सनमा करण जोहरसँग अदार पूनावालाकाे सहकार्य

काठमाडौँ – भारतीय खोप निर्माता कम्पनी सेरेन प्रोडक्सनका सिईओ अदार पूनावाला करण जोहरको व्यावसायिक साझेदार बनेका छन् ।

पूनावाला करणको  धर्मा प्रोडक्सनमा एक हजार करोड भारु लगानी गर्दै ५० प्रतिशत हिस्सेदार बनेका हुन् । 

यो मर्जरबाट उन्नत प्रविधि र शैलीलाई एकीकृत गर्दै गुणस्तरीय कन्टेन्ट सिर्जना, निर्माण, वितरण र दर्शकको थप संलग्नताको लक्ष्य राखिएको छ । 

यो सहमतिपछि अब धर्मा प्रोडक्सनमा पूनावालको ५० प्रतिशत हिस्सा हुनेछ भने करणले कार्यकारी अध्यक्षको रूपमा कम्पनीको रचनात्मक दृष्टिकोणको नेतृत्व गर्नेछन् । 

साझेदारीको बारेमा टिप्पणी गर्दै धर्मा प्रोडक्सनका कार्यकारी अध्यक्ष जोहरले भने, ‘आफ्नो स्थापनाकालदेखि नै धर्मा प्रोडक्सन भारतीय संस्कृतिको सारलाई स्पर्श गर्ने हृदयस्पर्शी कथावाचन परम्पराको पर्यायवाची भएको छ । मेरो बुबाले दिगो प्रभाव छोड्ने फिल्म सिर्जना गर्ने सपना देख्नुभयो र मैले मेरो करिअरलाई त्यो दृष्टिकोण विस्तार गर्न समर्पित गरेको छु । मेरा घनिष्ट मित्र अदार एक असाधारण दूरदर्शी र आविष्कारसँग हामी सामेल छौं । हामी धर्माको विरासतलाई नयाँ उचाइमा उठाउन तयार छौं ।’

दुई कम्पनी मिलेपछि धर्मा प्रोडक्सनको बजार मूल्य दुई हजार करोड भारु पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?