मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मालदिभ्समा विदेशी मुद्राको संकट, स्थानीय मुद्रामा मात्र कारोबार गर्ने निर्णय

काठमाडौँ – डलर संकटको सामना गरिरहेको मालदिभ्सले नयाँ विदेशी विनिमय नियम लागू गरेको छ ।

यस अन्तर्गत मालदिभ्समा लेनदेन स्थानीय मुद्रामा मात्र गर्ने भएको छ । विदेशी मुद्रामा हुने कारोबारहरू निर्यात जस्ता निश्चित सेवाहरूमा सीमित हुनेछन् ।

पर्यटकीय प्रतिष्ठान र बैंकहरूमा अनिवार्य विदेशी मुद्रा नियन्त्रण गरिएको छ । मालदिभ्सको केन्द्रीय बैंक मालदिभ्स मौद्रिक प्राधिकरणले आयात बिलसँग विदेशी मुद्रा सञ्चिति नमिलेको कारण अक्टोबर १ मा नयाँ नियम लागू गरेको थियो ।

गत वर्ष राष्ट्रपति मोहमद मुइज्जुले इन्डिया आउट अभियान सुरु गरेपछि ठुलो सङ्ख्यामा मालदिभ्स पुग्ने भारतीय पर्यटकको सङ्ख्या घटेको थियो । जसको कारण मालदिभ्समा संकट बढेको बताइएको छ ।

राष्ट्रपति मोइज्जुले आर्थिक सुधार गर्न गत साता मात्र करिब ५० मन्त्रीसहित दुई सयभन्दा बढी राजनीतिक नियुक्ति पाएकाहरूलाई हटाउने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?