मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साहित्यकार राधेश्याम लेकाली ‘गुन्जन साहित्य पुरस्कार २०८०’ बाट सम्मानित

काठमाडाैँ- साहित्यकार राधेश्याम लेकाली ‘गुन्जन साहित्य पुरस्कार २०८०’ बाट सम्मानित भएका छन् ।

गुञ्जन (नारी साहित्यिक संस्था)ले आइतबार गरेकाे एक समाराेहमा गुञ्जन (नारी साहित्यिक संस्था)की अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठ, साहित्यकार एल बी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठ लगायतकाले लेकालीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

उनलाई दश हजार रुपैयाँ राशीसहित सो सम्मान प्रदान गरिएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार क्षेत्रीले लेकालीलाई शुभकामना दिँदै नारीवाद विषयमा आफ्नो धारणा राखेका थिए।

संस्थाकी महासचिव सुस्मिता नेपालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?