मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तर्राष्ट्रिय उडान भर्ने नेपाल एयरलाइन्सका तीन वटै विमान सञ्चालनमा

काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीन वटै विमान सञ्चालनमा आएको जनाएको छ।

निगमका दुइटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका छन्। एउटा ‘वाइडबडी’ विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाडौँ ल्याएर तत्काल मर्मतकार्य सकेर हिजोबाट उडानमा ल्याइएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

शनिवार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका दुई वटा न्यारोबडी विमान नियमित उडानमा रहेका छन् । एउटा वाइडबडी विमान पनि मर्मतपछि सञ्चालनमा आएको हो ।

निगमले विमान विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकाले निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्डअनुरूप नियमित मर्मत गर्ने गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

प्राविधिक कारणले तीन वटा विमानका यात्रु दुई वटा विमानबाट बोक्नुपर्ने भएकाले उडान केही ढिला हुन गई यसबाट यात्रुलाई पर्न गएको असुविधाप्रति निगमले क्षमायाचनासमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?