मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन घुर्ने समस्याबाट मुक्त गराउने योगासन

सास नलीको आंशिक अवरुद्धताका कारणले श्वासप्रश्वास क्रियाको क्रममा  कर्कश कम्पन हुनुलाई घुर्ने समस्या भनिन्छ ।  

घुर्ने समस्या सामान्य लाग्छ । सुतेपछि आफू घुरेको पत्तो हुँदैन । यद्यपि यसले अरूलाई भने बाधा गर्छ । त्यतीमात्र होइन, आफ्नै स्वास्थ्यमा समेत यसले हानी पुर्‍याउँछ ।  फलतः मानिसहरू यो समस्याबाट छुटकारा पाउन उपाय खोज्छन् ।

तर, धेरैलाई थाहा छैन कि घुर्ने समस्याबाट छुटकारा पाउनको लागि सही उपचार के हो । योगले धेरै रोगबाट बचाउँछ र मुक्ति दिन्छ । योगले घुर्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ

– जसलाई घुर्ने समस्या छ, उनीहरूले नियमित धनुरासनको अभ्यास गर्नुपर्छ । यो योगको अभ्यासले छातीको मांसपेशीहरूलाई आराम दिन्छ । श्वासप्रश्वासको समस्या हट्छ । 

– यो योग गर्दा शरीरको मुद्रा सिंहको जस्तै हुन्छ । घुर्ने समस्याबाट छुटकारा पाउन यो उत्तम आसन हो । यस आसनको अभ्यासले मुख, दाँत, घाँटी र जिब्रोका रोगहरू पनि हट्छन् ।

– भुजंगासन धेरै शारीरिक र मानसिक समस्याबाट छुटकारा पाउन लाभदायक छ । यस आसनको अभ्यासले फोक्सो खुल्छ र अक्सिजनको प्रवाह बढ्छ । रक्तसञ्चारमा पनि सुधार हुन्छ । 

– प्राणायाम कपालभाती निद्राको समस्यालाई हटाउन सहयोगी हुन्छ । यो योगले साइनस सफा गर्छ र निद्रामा घुर्ने समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?