मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा मुख छोपेर सुत्नुहुन्छ ? हुनसक्छ यस्तो खतरा

जाडोको मौसममा चिसोबाट बच्च मानिसले अनेक उपाय अपनाउँछन् ।

बाहिर हिँडडुल गर्दा पूरै शरीर ढाक्ने कपडा लगाउने गरिन्छ भने राति सुत्दा सिरक, कम्बल ओढेर सुत्ने गर्छन् ।कतिपय मानिसलाई राति सुत्दा सिरक वा कम्बलले मुख छोपेर सुत्ने बानी हुन्छ । 

यसरी सुत्दा चिसोबाट बच्न त सकिएला तर यसले मुटुका बिरामी, दम रोगीका लागि भने गम्भीर असर गर्न सक्ने चिकित्सकहरूको भनाइ छ । त्यसैले यसरी मुख छोपेर सुत्ने बानी छ भने जतिसक्दो चाँडै यो बानी परिवर्तन गर्नु राम्रो हुन्छ ।

– मुख छोपेर सुत्दा तपाईँको रक्तसञ्चारमा असर पर्न सक्छ। जब तपाईँ आफ्नो मुख कम्बल र सिरकले छोप्नुहुन्छ, तपाईँ ताजा अक्सिजन प्राप्त गर्न सक्नुहुन्न । बाहिरबाट शुद्ध अक्सिजन नपाउँदा रक्तसञ्चारमा असर पर्न सक्छ ।

– साथै, मुख छोपेर सुत्दा छालाको एलर्जी पनि हुन सक्छ। मुख छोप्दा शुद्ध हावा पस्न दिँदैन, जसका कारण छालाको चमक पनि हट्छ । यस्तो अवस्थामा छालामा दाग आउने सम्भावना पनि बढ्छ ।

–  जाडोमा मुख छोपेर सुत्दा हृदयाघातको खतरा बढ्छ, किनभने मुख छोप्दा अक्सिजन ठिकसँग पुग्दैन । यसले गर्दा वाकवाकी लाग्ने, बान्ता हुने र हृदयाघातको जोखिम बढ्न सक्छ ।

– मुख छोपेर सुत्नु पनि फोक्सोका लागि खतरनाक हुन्छ । यदि तपाई हरेक दिन यसरी सुत्नुहुन्छ भने फोक्सो खुम्चिन थाल्छ, जुन तपाईँको लागि हानिकारक हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?