अहिले देशैभर चिसो बढेको छ । यस्तो अवस्थामा चिसोबाट बच्न मानिसहरू भारी न्यानो लुगा लगाएर बस्छन् ।
यसैगरी जाडोमा चिसोबाट बच्न आगो ताप्ने गरेको पनि धेरै देखिन्छन् । यसबाहेक हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरू पनि अपनाइन्छ । तर यो अवस्थामा पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू हुने गरेका छन् ।
त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरू अपनाऔंः
-हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ
-कोइला जन्य स्रोतबाट सकेसम्म आगो नतापौँ
-आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौँ
-आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ
-हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ
-सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ
-गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ
-गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया