मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ सेलो गायक प्रेम लोप्चनको ‘कोन्लाम छेवर’

काठमाडौँ– सेलो गायक तथा सङ्गीतकार प्रेम लोप्चनले ‘कोन्लाम छेवर’ गीत म्युजिक भिडियोसहित ल्याएका छन् ।

अघिल्लो साता सार्वजनिक भएको छेवार(तामाङ समुदायको व्रतबन्ध) सम्बन्धी गीतमा सुमदायको छेवरको मौलिक विषयलाई उठान गरिएको छ । गीतमा कोन(भान्जा)को छेवरका लागि चेलीले माइती पक्षलाई सगुन राखेर बोलाएपछि मामाहरु एवं अन्य आफन्तजनहरुको उपस्थितिमा छेवर गर्ने परम्परालाई देखाइएको छ ।

धकबहादुर घिसिङको शब्द रहेको गीतमा सङ्गीत तथा स्वर गायक लोप्चनको रहेको छ । उनलाई स्वरमा साथ गायिका लक्ष्मी स्याङ्तानले दिएकी छिन् ।

गीतको भिडियोमा बाबुराजा केसी(उज्वल)को निर्देशन, सागर लोप्चनको छायाङ्कन र सम्पादन नवीन घर्ती मगरको रहेको छ । भिडियोमा गायक लोप्चनसहित सोम लामा, सुवाश तामाङ, विकाश शेर्पा, गायिका स्याङ्तान, सोनिका बोम्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विगत लामो समयदेखि तामाङ मौलिक सेलो सङ्गीत सिर्जनालाई निरन्तरता दिइरहेका लोप्चनको ‘हमाइलिला खैलाला,’ ‘आसना सर्दो,’ ‘सिन्धुपाल्चोक चौतारा,’ ‘जाउँ हिँड कान्छी,’ ‘ओ होई साइली’ लगायतका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?