मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

शौचालयमा मस्तिष्कघात हुने कारण के हो ?

पछिल्लो समयमा शौचालयमा मस्तिष्कघात भएका थुप्रै घटनाहरु हामीले देख्दै र भोग्दै आएका छौं । शौचालयमा अचानक बेहोस र यही अवस्थामा कतिको मृत्युसमेत हुने गरेको पाइन्छ ।

शौचालयमा मस्तिष्कघात हुने समस्या किन बढ्दो छ ?, कस्ता जटिलताहरु निम्न सक्छन् ? र कस्तो संयमता र सर्तकता अपनाउने’ भन्ने सन्दर्भमा स्नायु, नशा तथा मेरुदण्डरोग विशेषज्ञ प्रा.डा.राजीव झासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

शौचालयमा मस्तिष्कघात के कारणले हुन्छ ?

शौचालयमा अचानक बेहोस र कतिको मृत्युसमेत हुने गरेको पाइन्छ । यस्तो हुनुको कारण भनेको शौच गर्ने क्रममा हामी जसरी बल लगाउँछौं । त्यसले मस्तिष्कको नसामा दबाब पर्न सक्छ । यस्तो दबाबले गर्दा नसा फुट्छ र मस्तिष्कमा रगत जम्न पुग्छ र मस्तिष्कघात हुनपुग्छ ।

मस्तिष्कघात के हो ? यो कसरी हुन्छ ? यसको उपचार के छ ?

मस्तिष्कमा कुनै कारणवश आघात पुग्नु नै मस्तिष्कघात हो । विज्ञहरुले के अनुमान गरेका छन् भने पछिल्लो पाँच वर्षमा मृत्यु र पक्षघात गराउने प्रमुख कारणमा मस्तिष्कघात हो । यो आफैँमा जटिल समस्या हो । तर समयमै उपचार गर्न सकियो भने बिरामीलाई बचाउन सकिन्छ । किनभने मेरो उपचार अनुभवमा मस्तिष्कघातको घटनालाई केलाउँदा धेरैजसो अस्पताल पुग्न नपाएर मृत्यु भएको देखिन्छ । यो एक जटिल स्वास्थ्य स्थिति हो । तुरुन्त उपचार गरिएन भने यसले बिरामीको ज्यान जान पनि सक्छ । किनभने विश्वभरको तथ्यांकको आधारमा अचानक मृत्युको चौथो कारण मस्तिष्कघात रहेको पुष्टि भएको छ । मस्तिष्कघात दुई किसिमको हुन्छ । ‘ब्रेन हेमोरेजिक स्ट्रोक’ र अर्को ‘स्केमिक स्ट्रोक’ ।

अर्को भनेको ब्रेन हेमोरेजिक स्ट्रोक हो । मस्तिष्कभित्र नसाहरु अचानक फुटेर रगत बगेर दिमागको तन्तुहरुलाई दबाब दिइ क्षति पुर्‍याउन थालेको छ भने यस्तो मस्तिष्कघातलाई ‘ब्रेन हेमोरेजिक स्ट्रोक’ भनिन्छ ।

त्यस्तै, मस्तिष्कको नसामा अवरोध भएर सूक्ष्म मस्तिष्कको भागहरु सुकेर जान्छ । त्यहाँको नसामा अवरोध भई रक्तसंचार एक्कासी बन्द हुनेलाई ‘स्केमिक स्ट्रोक’ भनिन्छ । यस्तोमा मस्तिष्कले अक्सिजन र पोषण रगतबाट पाउँदैन । अक्सिजन र पोषण नपाउँदा मस्तिष्कका कोषहरु क्रमशः मर्दै जान्छन् ।

तथ्यांकअनुसार सयमा नब्बे प्रतिशतमा दिमागको नसा सुकेर स्केमिक स्ट्रोक हुन्छ । दश प्रतिशतमा मात्र मस्तिष्कभित्र नसा फुटेर रक्तस्राव भई ‘हेमोरेजिक स्ट्रोक’ हुन्छ । तुलनात्मक रुपमा ‘हेमोरेजिक स्ट्रोक’ थोरैमा हुने तर जटिल नतिजा दिने मस्तिष्कघात हो ।

कस्ता व्यक्तिहरुमा यो समस्याको जोखिम बढी हुन्छ ?

खासगरी बुढापाका वा रक्सी–चुरोट पिउनेहरुमा यसको बढी जोखिम हुन्छ । त्यस्तै, कब्जियत जस्ता समस्या भएकाहरुमा पनि यो जोखिम हुनसक्छ । मधुमेह, उच्च रक्तचापको नियमित औषधि नखाने, उमेर बढेसँगै धुम्रपान, मदिरापान र लागुऔषध लिने, दिसापिसाब गर्न बल लगाउने र निष्क्रिय रहने व्यक्तिहरुमा यसको जोखिम बढी हुन्छ ।

यस्तो समस्या किन हुन्छ ?

कोलेस्टेरोल, मुटु रोग, मधुमेह, उच्च रक्तचाप समयमा पत्ता नलाग्नु वा सो नियन्त्रणमा ल्याउने औषधि नखानु र चिकित्सकको फलोअपमा नजानु । औषधि खाने तर रक्सी र चुरोट अत्याधिक खाने । शारीरिक व्यायाम पटक्कै नगर्ने । मस्तिष्कमा कुनै समस्या भएमा । नियन्त्रित खानपान तथा मोटोपन भएमा । खानुपर्ने औषधि नखाएका वा खाँदै छाडेकालाई पनि मस्तिष्क घात हुनसक्छ । कम उमेरमै मुटुको समस्या भएकाहरूमा मुटुमा रगत जमेर बिस्तारै मस्तिष्कको नसासम्म पुगेर मस्तिष्क घात हुनसक्छ ।

मस्तिष्कघात कुनै संकेत दिएर आउँदैन । तर मस्तिष्कघात हुनु करिब एक घण्टा अघि वा भइसकेपछि लक्षण भने देखाउँछ । एक घण्टा अघिबाट टाउको दुख्नु, अनुहार बाङ्गिएको जस्तो देखिनु, बोली लरबराउनु वा बोल्न नसक्नु, शरीरको एक भाग अचानक कमजोरी अनुभव हुनु वा हातखुट्टा झमझमाउनु, एक वा दुई आँखाले हेर्नमा कठिनाइ हुनु, हिँड्न, बस्न र उठ्न नसक्नु वा शरीरले आफ्नो सन्तुलन गुमाउनु, नसा फुटेर रक्तस्राव हुनुपूर्व अत्यधिक टाउको दुख्ने, बेहोस हुनेलगायतका लक्षण देखिन सक्छ ।

मस्तिष्कघातको कुनै रोकथाम छैन । तर कुनै कुरामा शरीरबाट बल लगाउनु पर्ने अवस्थामा भने यसको जोखिम बढ्छ । यसकारण मधुमेह, मुटु रोग भएकाहरूले दिसा गर्न बल लगाउने, प्रोस्टेटको समस्या हुनेले पिसाबको लागि अत्यधिक बल लगाउने काम गर्नु हुँदैन । त्यस्तै, शारीरिक सक्रियता बढाउने, दीर्घ रोगलाई नियन्त्रणमा राख्ने र मदिरापानको लतबाट बच्नु मस्तिष्कघात मात्र होइन धेरै रोगबाट बच्न सम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?