मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रवि लामिछानेलाई आज अदालतमा पेस गरिँदै

काठमाडौँ – सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेस गरिँदै छ ।

शुक्रबार राति काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्‍याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो । 

लामिछानेविरुद्ध प्रहरीले सङ्गठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराधको कसुरमा पनि अनुसन्धान अदालतको अनुमति लिएसँगै दुवै आरोपमा अनुसन्धान हुने भएको हो ।  

अदालतले दिएको अनुमतिमा सहकारी ऐनले परिभाषित ठगी तथा सङ्गठित अपराध सम्बन्धी विषयमा अनुसन्धानको शीलशीलामा पक्राउ गर्न अनुमति दिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?