मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

काठमाडौं – ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरी वृत्त सातदोबाटोले यात्रुबाहक बसमा आगलागी भएको सूचना पाए लगत्तै अग्नि नियन्त्रणका लागि टोली परिचालन भएको बताएको छ । अहिले बसमा लागेको आगो निभाइएको छ ।

घटनामा कुनै मानवीय क्षति भने नभएको बसको भित्रीभाग जलेर ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुल्न भने बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?