मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाढीले सिँचाइ प्रणालीमा दुई करोडको क्षति

जनकपुरधाम– गत असोज ११, १२ र १३ गतेको अविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब रु दुई करोड बराबरको भौतिक क्षति भएको छ । साथै सिँचाइ प्रणालीमा पु¥याएको क्षतिका कारण सिँचाइको कार्यमा समस्या उत्पन्न भएको कार्यालय प्रमुख रामदुलारी शरण भगतले जानकारी दिए।

बाढीले सो कार्यालयअन्र्तगत झाँझ सिँचाइ प्रणलीमा रहेका मूल नहर र शाखा नहरको (बैक) डिल र तटबन्ध कटान गरेको, विभिन्न स्थानमा नहर तोडफोर गरेको र नहरको गेट तथा हेडवक्र्समा क्षति पु¥याएको बताइएको छ ।

झाँझ नदीमा एक्कासी आएको बाढीले रौतहट जिल्लामा रहेको झाँझ सिँचाइ प्रणालीमा करिब दुई करोड मूल्य बराबरको भौतिकरुपमा क्षति पुगेको कार्यालयको प्रारम्भिक अनुमान छ । रौटहटको महम्मदपुर, शिवनगर, भेडियाही, देवाहीगुनाही तथा जयनगरलगायत ग्रामीण क्षेत्रमा बाढीले ठाउँठाउँमा भाँझ सिँचाइ प्रणालीको संरचना भत्काएको थियो ।

भाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउँदै आएको सो कार्यालयको सिँचाइ प्रणालीमा भएको क्षतिका सम्बन्धमा अनुगमन तथा निरीक्षण गरी सो क्षतिबारे जानकारी दिएको हो ।

उक्त क्षतिग्रस्त संरचनाको मर्मत सम्भार तथा निमार्णमा ठूलो रकम लाग्ने उनले बताए । समयमा मर्मत नगरेमा त्यहाँ आउँदो हिउँदे बालीमा नहर सञ्चालन गर्न नसक्ने अवस्था रहेको प्रमुख भगतले बताए ।

उक्त कार्यालयअन्तर्गत सिँचाइ आयोजनाको निर्माण २०३९/४० बाट सुरु भई २०४४/४५ बाट कार्यान्वयनमा आएको बताइएको छ । कार्यालयअन्तर्गत सर्लाहीतर्फ हिरापुर ब्यारेज मनुष्कमारा सिँचाइ प्रणाली प्रथमबाट दुई हजार आठ सय हेक्टर तथा मानपुर ब्यारेज मनुष्मारा सिँचाइ प्रणाली दोस्रोबाट तीन हजार दुई सय हेक्टर गरी छ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउँदै आएको प्राप्त विवरणमा उल्लेख गरिएको छ ।

रौतहटतर्फ झाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याएको छ । अर्थात सर्लाही तथा रौतहटमा गरी कूल १० हजार हेक्टर जमिनमा सो कार्यालयबाट सिँचाइ सुविधा पु¥याउँदै आएको कार्यालयले जनाएको छ ।

सो आयोजनाबाट हाल ६० हजार मेट्रिकटनभन्दा बढी खाद्यान्न उत्पादन सुरु भएको कार्यालय प्रमुख भगतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?