काठमाडौँ– हालै सार्वजनिक भएको अनरको स्मार्टफोन ‘अनर एक्स नाइन बी’ नेपाली बजारमा समेत उपलब्ध भएको छ ।
यसअघि २७ जनवरीसम्म प्रिअर्डर खुलाइएको यो स्मार्टफोनलाई अनरको नेपाल स्थित आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल प्रा.लि. ले नेपाली बजारमा ल्याएको हो ।
‘अनब्रेकेबल स्मार्टफोन’ ट्यागलाइनमा आएको यो फोनमा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो गरी पछाडि ट्रिपल क्यामेरा सेटअप गरिएको छ ।
त्यस्तै सेल्फीका लागि १६ मेगापिक्सेल क्यामेरा छ ।
६.७८ इन्च एमोलेड कर्भ्ड डिस्प्ले रहेको फोनमा ५८०० एमएएच क्षमताको ब्याट्री रहेको कम्पनीले ेजनाएको छ ।
यो फोनमा अल्ट्रा बाउन्स एन्टी ड्रप डिस्प्ले रहेको र बलियो प्रोटेक्टिभ ग्लास सहित तीन तहको डिस्प्ले टेक्नोलोजी रहेको कम्पनीको भनाइ छ ।
कम्पनीले पाँच फिटबाट फोन ड्रप गर्दा पनि कुनै क्षति नहुने गरी फोनको फ्रेम र कम्पोनेन्टहरू डिजाइन गरिएको दाबी कम्पनीले गरेको छ ।
त्यस्तै फोनमा आईपी ५३ वाटर एन्ड डस्ट रेसिस्टेन्स समेत रहेको छ । नेपाली बजारमा १२ जीबी र्याम तथा २५६ जीबी भेरियन्टमा उपलब्ध हुने यो फोनको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया