मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिलो गायन प्रस्तुति दिँदै परिणीति

काठमाडौँ – बलिउड अभिनेत्री परिणीति चोपडाले आफ्नो पहिलो साङ्गीतिक लाइभ गर्ने भएकी छन् । सामाजिक सञ्जाल मा गीत गाउने अभ्यास गर्दै गरेको भिडियो क्लिप राख्दै उनले यसबारे जानकारी गराएकी हुन् । 

पोस्ट गरिएको भिडियोमा उनलाई हेडफोन र माइकका साथ देख्न सकिन्छ । यद्यपि उनले गत जनवरी २५ मा नै सङ्गीतको दुनियाँमा पाइला चाल्ने घोषणा गरेकी थिइन् ।

यो निर्णय आफ्ना लागि एक नयाँ अध्याय भएको र सङ्गीत यात्राका लागि आफूले भाग्यशाली महसुस गरेको बताएकी थिइन् ।

अहिले पोस्ट गरिएका केही क्लिपमा उनलाई गीत गाउँदै गरेको पनि देख्न सकिन्छ । दृश्यको पृष्ठभूमिमा नुसरत फतेह अली खानको ‘धुन सासों कि माला’ बजिरहेको सुन्न सकिन्छ । ‘मेरो आत्मादेखि मञ्चसम्म चाँडै’,उनले क्लिपसँगै क्याप्सन लेखेकी छन् ।

उनले सन् २०१७ मा फिल्म ‘मेरी प्यारी बिन्दु’ लागि गाएको गीत ‘माना के हम’को एक भिडियो शेयर गर्दै आफू गायन क्षेत्रमा आएको घोषणा गरेकी थिइन् ।

यता फिल्मको कुरा गर्दा सन् २०११ मा फिल्म ‘लेडीज वर्सेज रिकी बहल’बाट अभिनयमा पाइला चालेकी परिणीति पछिल्लोपटक अक्षय कुमारका साथ फिल्म ‘मिसन रानीगन्ज’मा देखिएकी थिइन् ।

उनको आगामी फिल्म ‘चमकिला’ हो । यो फिल्ममा उनी दिलजीत दोसांझका साथ देखिँदै छिन् । यो फिल्म पन्जाबमा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?