मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुटिङ सकिएको १७ दिनपछि गोविन्दाको स्वास्थ्य अहिले कस्तो छ ?

काठमाडौँ – बलिउड अभिनेता गोविन्दाको सुटिङको घटनापछि अब अभिनेताको स्वास्थ्यको बारेमा नयाँ अपडेट आएको छ । गोविन्दालाई अक्टोबर १ मा आफ्नै लाइसेन्स रिभल्भरले गोली हानेपछि उनी घाइते भएका थिए ।

गोली गोविन्दाको खुट्टामा लागेपछि उनलाई तत्कालै मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि चिकित्सकले उनको खुट्टाको गोली निकालेर ४ दिनपछि अस्पतालबाट डिस्चार्ज गरेका थिए । अब यो घटनापछि अनुपम खेरले गोविन्दाको स्वास्थ्यको बारेमा फ्यानहरुलाई अपडेट गरेका छन् ।

गोविन्दाको सुटिङको १७ दिनपछि अभिनेता अनुपम खेरले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । उनले आफ्नो एक्स ह्यान्डलमा एउटा भिडियो सेयर गरेका छन्, जसमा उनी प्रसिद्ध निर्देशक कीर्ति कुमारसँग देखिएका छन् ।

भिडियो सेयर गर्दै अनुपम खेरले क्याप्सनमा लेखेका छन्, ‘लामो समयपछि कीर्ति कुमार जीलाई भेट्न पाउँदा निकै खुसी लागेको छ । कीर्ति जीले मेरो मनपर्ने फिल्म ‘हत्या’ निर्देशन गरेका छन् ।

हामीले मेरो साथी र उसको कान्छो भाइ गोविन्दको खुट्टाको चोटको बारेमा पनि कुरा गर्यौं। गोविन्दा अहिले निको भइरहेका छन् भन्ने थाहा पाउँदा खुसी लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?