मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

करिश्मा कपुरकी छोरी समाइराको तस्बिर सामाजिक सञ्जालमा भाइरल

काठमाडौँ – बलिउडकी चर्चित अभिनेत्री करिश्मा कपूर ९० को दशककी उत्कृष्ट अभिनेत्री हुन् । उनले यो वर्ष फिल्म ‘मर्डर मुबारक’ बाट पुनरागमन गरेका हुन् । यो चलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।

यतिबेला करिश्मा कपुरकी छोरीको तस्बिर भाइरल भइरहेको छ । उनलाई देखेर मानिसहरुले उनलाई बलिउडको नेक्स्ट क्वीन भनेका छन् ।

चर्चित अभिनेत्री करिश्मा कपुरकी छोरी समाइरा कपुर यतिबेला चर्चामा छिन् । कारण उनको पछिल्लो बदलाव हो। उनका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा तिब्र गतिमा फैलिरहेका छन् । समाइरा कपूर लोकप्रिय स्टार किड्स मध्ये एक हुन् । उनी अहिले १९ वर्षकी भइन् ।

सौन्दर्यमा उनी आमासँग मिल्दोजुल्दो छिन् । समायराको पछिल्लो तस्विर हेरेर मानिसहरुले उनको निकै तारिफ गरिरहेका छन् । उनको यो भाइरल तस्बिरलाई लिएर मानिसहरूले उनी बलिउडको अर्को महारानी भएको बताएका छन् । तस्बिरमा समाइरा उचाइमा उनीभन्दा अग्लो देखिन्छिन् । कतिपयले उनको बलिउड डेब्यूको पर्खाइमा छन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने, करिश्मा अहिले डान्स रियालिटी शो ‘इण्डियाज बेस्ट डान्सर’ को जज छिन् । यहाँ हालै करिश्मा कपूरले राजकुमारसँग यसरी डान्स गरिन् कि सबैको होश उडायो । उनको भिडियो पनि इन्टरनेटमा भाइरल भएको थियो । फिल्म ‘जुडवा’ को ‘तन ताना तन टन’ गीतमा डान्स गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?