मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कहिले हुन्छ कंगना रनावतको ‘इमरजेन्सी’ प्रदर्शन ?

काठमाडौँ – ट्रेलर सार्वजनिक भएदेखि नै विरोधको केन्द्रमा रहँदै आएको कंगना रनावतको  फिल्म ‘इमरजेन्सी’ले प्रदर्शनको अनुमति पाएको छ । 

लगातार शिख समुदायले फिल्मको विरोध गरेपछि सेन्सर बोर्डले यो फिल्मलाई सर्टिफिकेट दिएको थिएन। यो फिल्म ६ सेप्टेम्बरमा प्रदर्शन हुने भनिएको थियो। 

फिल्मका सह–निर्माता जी इन्टरटेनमेन्टले बम्बे उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। अब फिल्मलाई सेन्सर बोर्डले सर्टिफिकेट दिएको छ। 

फिल्मले सर्टिफिकेट पाएपछि अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्। 

यद्यपि फिल्मको नयाँ प्रदर्शन मिति भने अझै तय भएको छैन । कंगना रनावत निर्देशित यो फिल्ममा  उनी भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिएकी छन्। 

फिल्ममा सन् १९७५ देखि १९७७ सम्म भारतमा लागेको २१ महिनाको इमरजेन्सीलाई देखाइएको छ। जसलाई भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएकी थिइन्। 

फिल्ममा कंगनासँगै महिमा चौधरी, अनुपम खेर, सतीश कौशिक, मिलिन्द सोमन, श्रेयस तलपन्डेलगायत कलाकारको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?