मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् पावर बैंक किन्नु अघि ध्यान दिनुपर्ने कुरा

पावर बैंकको मद्दतले तपाईले लाइट नभएको वा चार्जर नभएको अवस्थामा पनि आफ्नो डिभाइस चार्ज गर्न सक्नुहुन्छ ।

यस्तो अवस्थामा, यदि तपाई नयाँ पावर बैंक किन्न चाहनुहुन्छ भने हामी तपाईँलाई केही महत्त्वपूर्ण कुराहरू बताउनेछौ ।

यी कुराहरूलाई ध्यानमा राखेर, तपाईँ सही पावर बैंक किन्न सक्नुहुन्छ ।

पावर बैंकको क्षमता : फोनको ब्याट्री क्षमताभन्दा कम्तीमा साढे दुई गुणा ज्यादा क्षमताको पावर बैंक किन्नु राम्रो हुन्छ । जसकारण फोन झन्डै दुईपटक पूर्ण रूपमा र एकपटक ५० प्रतिशत चार्ज गर्न मिलोस् । उदाहरणका लागि फोनको ब्याट्री पाँच हजार एमएएचको छ भने १० हजारदेखि १५ हजार एमएएच क्षमताको पावर बैंक लिनु राम्रो हुन्छ । 

चार्जिङ प्वाइन्ट : पावर बैंक किन्दाको समय चार्जिङ प्वाइन्टमा ध्यान दिनुपर्छ । बजारमा त्यस्ता धेरै पावर बैंक पाइन्छन्, जसले युएसबी केवलमार्फत मात्रै काम गर्छन् । यस्ता पावर बैंक किन्दा फोन चार्ज गर्नमा समस्या आउन सक्छ । 

संख्या : पावर बैंकले एक पटकमा कति वटा डिभाइस चार्ज गर्न सक्छ, यस विषयमा पनि ध्यान दिन जरुरी छ । कम्तीमा एक पटकमा दुई वटा फोन चार्ज गर्न सक्ने पावर बैंक किन्नुपर्छ । 

भोल्टेज : पावर भोल्टेज निकै जरुरी छ । पावर बैंकको आउटपुट भोल्टेज फोनको बराबर भएन भने चार्ज हुन सक्दैन । त्यसैले आफ्नो फोनसमानको आउटपुट भोल्टेज भएको पावर बैंक लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?