मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राति सुत्नु अघि नुहाउने बानीले मिल्छ यति धेरै स्वास्थ्यलाभ

सामान्यतया हामी बिहान नुहाउँछौ,दिउसो नुहाउँछौ । तर कतिपयको बानी भने  रातमा सुत्नुअघि पनि नुहाएर सुत्ने हुन्छ ।

एकादुईलाई त नुहाएर नसुतेसम्म निन्द्रा समेत नपर्ने हुन्छ । साधारण हिसाबले दिनभर हामी विभिन्न काम गर्छौ । घाम–पानी, धुलोको चपेटामा पर्छौ ।

यसकारण साधारण बुझाइमा भन्नुपर्दा शरीरमा पसिना आउँछ र ब्याक्टेरियाहरू पनि हुन सक्छन् । यसकारण दिनभरको कामपश्चात् नुहाउनु स्वाभाविक हो आवश्यक छ जस्तो लाग्छ । 

यसकारण आज हामी सुत्नु अघि नुहाउनु कत्तिको स्वस्थकर हुन्छ भन्ने सन्दर्भमा जानकारी गराउँछौ । 

गर्मीमा राति नुहाएर सुत्नु निकै फाइदाजनक रहेको केही अनुसन्धानले दाबी गरेको छ । यसका अनेकौँ स्वास्थ्य लाभहरू छन् । तर तपाईँले पानीको तापक्रम जान्न आवश्यक छ ।

गर्मीमा राती नुहाउनुअघि पानी धेरै तातो त छैन भनी जाँच्नुहोस् । पानी सामान्य तापक्रमको छ भने निर्धक्क नुहाउन सक्नुहुन्छ ।

राति सुत्नुअघि नुहाउनु भयो भने अन्य दिनको तुलनामा राम्रो निद्रा लाग्छ । जसरी शरीरको लागि राम्रो आहार चाहिन्छ, त्यसैगरी राम्रो निन्द्रा पनि चाहिन्छ । राति नुहाउँदा शरीरबाट दिनभरको थकान हट्छ ।

शरीरले रिल्याक्स महसुस गर्छ अनि दिनभरि शरीरमा टाँसिएर रहेका कीटाणु र सङ्क्रमण पनि हट्छन् । दिनभर कामको सिलसिलामा हामी कयौँ पटक घामको प्रत्यक्ष सम्पर्कमा आएका हुन्छौँ । कहिलेकाहीँ दूषित हावामा पनि काम गर्न परिरहेको हुन्छ । यस्तो बेलामा धेरै कीटाणुहरू शरीरमा टाँसिन्छन् ।

दिनभरि शरीरबाट निस्कने पसिनाले कहिलेकाहीँ शरीरमा कीटाणुहरू मौलाउने स्थिति उत्पन्न गराउँछ । राति नुहाउँदा छालाबाट दिनभरको फोहोर हट्छ । जसले गर्दा शरीरलाई आराम मिल्छ ।

छाला सफा र सङ्क्रमणबाट पनि टाढा रहन्छ । दिनभर काम गरेपछि मुड अलि सुस्त वा चिडचिडापन हुन सक्छ । यस्तो अवस्थामा राती नुहाउँदा पनि मुडमा सुधार आउँछ अनि ताजा महसुस गर्न सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?