मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विपिन कार्कीको मुख्य भूमिका रहने फिल्म ‘कर्मा’को घोषणा

काठमाडौँ – विपिन कार्कीको मुख्य भूमिका रहने फिल्म ‘कर्मा’को घोषणा गरिएको छ । 

फिल्मको निर्माण पक्षले अभिनेता कार्कीलाई अनुबन्धित गर्दै प्रदर्शन मितिसमेत घोषणा गरेको छ । यो फिल्म नयाँ वर्ष २०८२ को पूर्व सन्ध्या पारेर आगामी चैत २९ गतेदेखि प्रदर्शनमा आउने छ ।

फिल्मको रिलिज मिति सहित सार्वजनिक पोस्टरमा विपिनलाई जिममा कसरत गरिरहेको देखाइएको छ । यो फिल्मको निर्देशन सौरभ चौधरीले गर्दै छन् भने कथा समेत उनकै हो । 

फिल्म एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ । चौधरीका अनुसार यो फिल्म अभिनेता विपिनलाई एक्सन भूमिकामा देख्न पाइने छ । जसको सङ्केत पोस्टरले समेत गरेको छ । 

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहने छ । फिल्मको छायाङ्कन मङ्सिर दोस्रो सातापछि प्रारम्भ हुनेछ । अन्य कलाकारहरूका बारेमा भने बिस्तारै जानकारी बाहिर आउने निर्माण पक्षले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?