मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो मखाना, यसबाट मिल्ने फाइदा के के हुन ?

मखाना हामीले सुनिरहेकै खानेकुराको नाम हो । तर यसको सेवन भने कमै व्यक्तिले मात्रै गर्नुभएको होला । नेपाली बजारमा पनि मखाना छ्यापछ्याप्ती भेटिन्छ ।

यसको प्रयोग हाम्रो समाजमा वर्षौँदेखि हुँदै आएको छ । खासगरी तिहारको भाइमसलामा मखाना सामेल गरिन्छ । 

आज हामी के हो मखाना, यसबाट के–कस्ता स्वास्थ्यलाभहरु मिल्छन् भन्ने सन्दर्भमा जानकारी गराउँछौ ।

के हो मखाना ? 

मखानालाई फक्स नट, लोटस सीड र केही अन्य नामले पनि चिनिन्छ । यो कमलको फूलको बीउ हो । यो वाटर लिलीबाट पनि निकालिन्छ । भारत बिहारमा मखाना सबैभन्दा बढी उत्पादन गरिन्छ ।

लगभग ९० प्रतिशत मखानाको उत्पादन बिहारमा हुन्छ । मखाना संकलन गर्ने सुकाउने र भण्डारण गर्ने प्रक्रिया निकै लामो हुन्छ । मखानालाई अर्ग्यानिक खानेकुरा हो किनभने यसलाई रासायनिक मल वा कीटनाशकको उपयोग नगरी उमारिन्छ । यसलाई आफ्नो आहारामा नियमित रूपमा सामेल गर्न सके स्वास्थ्यसम्बन्धी थुप्रै फाइदा पाउन सकिन्छ ।

मखानाका स्वास्थ्यलाभहरु

मखाना पोषक तत्वले भरिपूर्ण हुन्छ । यसमा पाइने पोषक तत्वका कारण यसलाई सुपर फुड पनि भनिन्छ । मखानामा सोडियम र फ्याट कम हुन्छ ।

साथै यसमा प्रोटिन र फाइबरको मात्रा राम्रो हुन्छ । मखानामा भिटामिन सी, क्याल्सियम, आइरन, जिंक, म्याग्नेसियम, पोटासियम र फस्फोरस प्रशस्त मात्रामा पाइने पोषणविद्हरु बताउँछन् । तिहारमा आफ्ना दाजुभाइलाई दिइने भाइमसलामा मखाना अनिवार्य हुनुको अर्थ छ । 

मखानालाई पोषक तत्त्वहरूको राम्रो स्रोत मानिन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यस्तोमा दाजुभाइलाई मखाना दिँदा उनीहरू त्यो खाएर रोग प्रतिरोधात्मक क्षमता बढोस् र उनीहरू बलियो हुन् भन्ने हिसाबले भाइमसलामा मखाना र अन्य ड्राइफ्रुट्स समावेश गरिने गरिएको बुझिन्छ ।

यसको सेवनले पाचन तन्त्रलाई स्वस्थ बनाउनुका साथै शरीरको कमजोरी पनि हटाउँछ । मखानामा धेरै कम क्यालोरी हुन्छ । त्यस्तै मधुमेहको समस्या भएकाहरूलाई पनि मखना खाजाको रूपमा राम्रो विकल्प हुनसक्ने पोषणविद् बताउँछन् ।

मखानामा प्रशस्त एन्टिअक्सिडेन्ट हुन्छ, जुन सबै उमेर समूहका लागि सजिलै पच्ने खालको हुन्छ । मखानामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन सम्बन्धी समस्यालाई कम गर्छ । मखानाको सेवनले पेट सफा राख्नुका साथै कब्जियतको समस्याबाट पनि बचाउने गर्छ । 

कसरी खाने मखाना

मखानालाई दूधमा उमालेर वा सुक्खा भुटेर खानु राम्रो हुन्छ । यसलाई त्यत्तिकै पनि खान सकिन्छ । घिउमा भुटेर तथा खीर बनाएर पनि यसलाई खान सकिन्छ । मखाना जुनसुकै बेला पनि खान सकिन्छ । यसलाई खाली पेटमा खानु स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?