काठमाडाैँ – विश्वभरकै कुरा गर्दा कलाकारिताबाट राजनीतिमा जाने ट्रेन्ड नयाँ हैन । उनीहरूको स्टारडम बेचेर नतिजा आफ्नो पक्षमा पार्ने प्रयासका रूपमा यसलाई हेरिदा नेपाल समेत त्यसको प्रयास भएको थियो ।
तर यो मोडेल खासै काम नलाग्दा अव भने कला क्षेत्र चलायमान बनाउन नेतालाई अघि बढाउने चलन कै रूपमा देखिएको छ ।
नेताको वायोपिकमा समेत कलाकार नै प्रयोग गर्ने अभ्यास विपरीत नेतालाई नै अभिनयमा तानेर फिल्म चलाउने निन्जा टेक्निकमा निर्माताहरू लागी परेका हुन ।
यसैको उदाहरण फिल्म ‘खजुरे ब्रो’ मा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अतिथि कलाकारको विशेष भूमिका देखिँदै छन् ।
निर्माण टिमका अनुसार धरानकै चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को क्यारेक्टरमा बन्ने फिल्ममा साम्पाङ धरानकै मेयरको भूमिकामा देखिने भएका हुन् ।
यसलाई धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य पूर्तीको रूपमा निर्माण पक्षले अर्थ्याए पनि हर्कको क्रेज क्यास गरेर फिल्म चलाउने रणनीति भएको बुझ्न गाह्रो छैन ।
यही हप्ता एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने विषय पनि चर्चामा छ । अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म ’नमेटिने घाउ’ मा अभिनय गर्न लागेका हुन् ।
फिल्ममा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुनेछन्। फिल्ममा तेजाब आक्रमणमा परेका किशोरी र महिलाको जीवनका कथालाई समेटिने बताइएको छ ।
यसलाई निर्माण पक्षकै केहीले एसिड पीडितको पक्षमा कानुन बनाउने ओलीको प्रयासको कदरकै संज्ञा दिँदा उनको चर्चामा फिल्म चलाउने रणनीति भन्दा माथि हैन ।
उटपट्याङ र उखान टुक्का धनी उनलाई प्रयोग गरे एमालेका लाखौँ कार्यकर्तामा जान सकिने उनीहरूको सोच हुन सक्छ । जहाँ आफ्ना पेज लाईक गर्न र युट्य्व च्यानल सब्सक्राईब गर्न निर्देशन नै दिएका ओलीले फिल्म हेर्न नेता कार्यकर्तालाई उर्दी नै जारी नगर्लान् भन्न सकिँदैन ।
तर आफ्ना सिर्जना विज्ञापन गर्ने चलन अहिले फिल्ममा मात्रै छैन । कला साहित्यका पुस्तक देखि नाटकको प्रचारमा समेत कुन नेताले के भने कहिले हेरे भन्ने खालका विषयवस्तु समेटिन थालेका छन् ।
हाम्रा नेताहरूले राजनीति बाहेक सबै थोक जानेकै कारण देश बिग्रिएको व्यङ्गका बिच उनीहरूका अभिनय यात्राले फिल्म क्षेत्रको हालत पनि प्रस्ट पारेको छ ।
यसलाई नेता बौद्धिक भएको रूपमा भन्दा बिकाउन सङ्गठनकै भर पर्नुपर्ने कस्तो सिनेमा,पुस्तक तथा नाटक उत्पादन हुँदै छन् भन्ने प्रश्न समेत उब्जाएको छ ।
अझ गज्जब त यस्ता विषयमा समेत बढेको दर्शकको धुव्रीकरणलाई समेत यसले सङ्केत गर्दा फिल्म हेर्न पनि कार्यकर्ता मात्रै जान दिन नआउलान् भन्न सकिँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया