मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बीपी राजमार्ग : यात्रा कष्टकर, सवारी चाप बढ्दै

काठमाडौँ – गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछिको बाढी र पहिरोले क्षति गरेको बीपी राजमार्गमा सवारी चाप बढ्न थालेको छ । 

बाढी पहिरोले बन्द भएको यो राजमार्ग गएको शुक्रवारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको हो भने विभिन्न स्थानमा डाईभर्सन गरेर यातायात सञ्चालन भइरहेको छ । दशैंको समापनसंगै अहिले उपत्यका फर्कने यात्रुहरूको संख्या बढ्दा यो राजमार्गमा सवारी चाप बढेको छ ।  

बाढीपहिरोका कारण क्षतिग्रस्त रहेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ ।  डाइभर्सन गरी बनाइएको सडकको अवस्था राम्रो नभएको र केही स्थानमा एकतर्फी भएका कारण सवारी सधान लामो जाममा पर्ने गरेका छन् । 

बाढीले क्षतिग्रस्त बनाएको काभ्रेको चौकीडाँडामा डाइभर्सन लामो भएका कारण समस्या भएकाले सम्भव भएसम्मको सडक सुधारको काम गरेको सडक डिभिजन भक्तपुरले जनाएको छ । सडक सुधारका लागि उक्त सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ ।

केही दिनमा सवारी चाप क्रमशः घट्दै जाने भएकाले त्यसपछि सडकको सुधार र मर्मतको कामलाई थप तीव्रता दिने सडक डिभिजनको भनाइ छ ।

बाढीपहिरोका कारण बीपी राजमार्गको चौकीडाँडादेखि बर्खेखोलासम्मको मुख्य सडक पूर्ण रूपमा क्षति भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?