मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाना खाएपछि कागतीको रस पिउनुहोस्, हुन्छन् यस्ता फाइदा

कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार फल हो । कागती भिटामिन सी को महत्त्वपूर्ण स्रोत हो । यसको धेरै औषधीय गुणहरू पनि छन् । 

कागतीको नियमित सेवनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढङ्गले हुने गर्दछ । कागती सबै मौसममा पाइने अत्यधिक फाइदा दिने फल हो । यसले खानामा मात्र स्वाद बढाउने नभई यसमा औषधीय तथा सौन्दर्यवर्द्धक गुण समेत रहने गर्दछ ।

यसमा भिटामिन सी को पर्याप्त स्रोत पाइन्छ । यस्तै खाना खाने बित्तिकै कागतीको रस खाँदा पनि विभिन्न फाइदाहरू हुन्छन् । आज हामी यसै विषयमा जानकारी गराउँछौ । 

पेट फुल्ने समस्या हटाउँछ

पेट फुलेको छ वा अपचको समस्या छ भने कागतीको रसले राहत दिलाउन मद्दत गर्दछ । यो अम्लीय प्रकृतिको भएपनि यसको प्रभाव  अल्कलाइन हुन्छ । जसबाट पीएच स्तर सन्तुलित रहन्छ ।

पाचन सुधार 

खाना खाए लगत्तै कागती खाइयो भने पाचन रस र इन्जाइमको उत्पादन बढाउँछ र पाचनमा छिटो सुधार ल्याउँछ । कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसले शरीरको पीएच स्तर सन्तुलनमा राख्न मद्दत गर्छ । यसबाट एसिडिटीको समस्यालाई कम हुन्छ ।

एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण

कागतीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा अक्सिडेटिभ क्षति वा तनाव रोकेर हामीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

इम्युनिटी र कोलाजेन बढाउँछ

कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइने भएकोले यसले प्रतिरक्षा प्रणाली बूष्ट गर्न पनि मद्दत गर्छ । यसले कोलाजेनको उत्पादन बढाउँछ । यो छालाको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?