पेटमा बन्ने ग्यास अर्थात् ग्यास्ट्रिकको समस्या अहिले अधिकांश नेपालीहरूको समस्या हो भन्दा फरक नपर्ला । चिल्लो–पिरो,मसालेदार खाना, जङ्क फुडहरूको अत्यधिक सेवनका कारण ग्यास्ट्रिकको समस्या निकै बढ्दो छ ।
हामीमध्ये धेरैलाई चिल्लो –पिरो खान मन पर्छ । जसले गर्दा पेटमा ग्यास बन्ने गर्छ । यदि तपाईँ पनि ग्यासको समस्याबाट पीडित हुनुहुन्छ भने आज हामी पाँच घरेलु उपायहरूको बारेमा बताउनेछौँ ।
ज्वानो
ज्वानोमा थाइमोल नामक तत्त्व हुन्छ, जसले ग्यास्ट्रिकलाई कम गर्छ र पाचनमा मद्दत गर्छ । ग्यासको समस्या भए पानीसँग लगभग आधा चम्चा ज्वानो खान सकिन्छ । यसले पेटमा राहत मिल्छ ।
जिरा पानी
जिरा पानी ग्यास्ट्रिक वा ग्यासको समस्याको सबैभन्दा राम्रो घरेलु उपचार हो । जिरामा आवश्यक तेलहरू हुन्छ, जसले ¥याल ग्रन्थिलाई बढाउँछ । यसले खाना राम्रोसँग पचाउँछ र पेटमा अतिरिक्त ग्यासको बन्ने प्रक्रियालाई रोक्छ ।
हिंग पानी
आधा चम्चा हिंगलाई हल्का तातो पानीमा मिलाएर पिउँदा पेटमा ग्यास बन्न कम हुन्छ । हिंगले ग्यासबाट तुरुन्त राहत दिन मद्दत गर्छ । यसले पेट पनि सफा गर्छ र ग्यासबाट राहत दिन्छ ।
अदुवा
अदुवाको प्रयोग धेरै रोगको औषधिको रूपमा गरिन्छ । ताजा अदुवाको प्रयोग पेटको ग्यास हटाउन पनि गर्न सकिन्छ । पेटको ग्यासबाट राहत पाउन अदुवाको चिया पिउन सकिन्छ । अदुवाको चिया बनाउन एक कप पानीमा ताजा अदुवाका टुक्रा राखेर राम्रोसँग उमाल्नुहोस् र मनतातो बनाएर पिउनुहोस् ।
बेकिङ सोडा र कागतीको रस
एकदमै सजिलो र छिटो तयार हुने घरेलु उपाय हो बेकिङ सोडा र कागतीको रस । एक चम्चा कागतीको रस र आधा चम्चा बेकिङ सोडालाई एक कप पानीमा मिसाएर पिउनुहोस् । यसले पेटको ग्यासबाट तुरुन्त राहत दिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया