मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘गदर ३’ को रिलिज मितिमा ठूलो अपडेट, फ्यानका लागि खुसीको खबर

काठमाडौँ – बलिउड अभिनेता सन्नी देओल र अमिषा पटेलको फिल्म ‘गदर २’ ले सन् २०२३ मा बक्स अफिसमा ठूलो हलचल मचाएको थियो । गदर २ सन् २००१ मा आएको फिल्म ‘गदर एक प्रेम कथा’ को सिक्वेल हो, जसलाई फिल्मका निर्देशक अनिल शर्माले २२ वर्षपछि फ्लोरमा ल्याएका थिए।

फिल्मको पहिलो र दोस्रो भाग दुवै ब्लकबस्टर भएकाले निर्माण पक्षले गदर ३ ल्याउने योजना पनि बनाएको छ । यो खबर आएसँगै सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ । अब फिल्मको रिलिज मिति पनि सार्वजनिक भएको छ । पहिलो भागको दोस्रो भाग बन्न २२ वर्ष लागेपछि तेस्रो भाग पनि आउन समय लाग्न सक्छ भन्ने डर दर्शकमा थियो ।

‘गदर २’ बाट निर्माताले अपेक्षा गरेका सबै रेकर्ड तोड्दै चलचित्रले नयाँ इतिहास रचेकाे थियाे । सन् २०२३ को स्वतन्त्रता दिवसको अवसरमा यो फिल्मले बक्स अफिसमा धमाका गरेको थियो । यसपछि फ्यानहरू पनि यो फिल्मको अर्को भाग हेर्न चाहन्थे । अब निर्माताहरूले आफैंले गदर ३ फ्लोरमा जान समय लाग्ने बताएका छन्। गदर ३ पक्कै बन्नेछ तर त्यसअघि हामीसँग अर्को एउटा फिल्म छ जुन हामी गदर ३ अघि ठूलो पर्दामा ल्याउनेछौँ र त्यो हो ‘वनवास’।

निर्देशक अनिल शर्माले केही दिन अघि नै आफ्नो नयाँ फिल्म वनवास घोषणा गरेका थिए, जसमा नाना पाटेकर, उनका छोरा उत्कर्ष शर्मा, सिमरत कौर र राजपाल यादव जस्ता कलाकारहरु अभिनय गर्ने छन् । ‘आपने २’ पनि बन्ने क्रममा ‘आपने २’ को छायांकनपछि ‘गदर ३’ को काम सुरु गर्ने समेत जानकारी आएको छ ।

अनिल शर्माको गदर ३ को लागि फ्यानहरुले लामो समय कुर्नु पर्ने हुनसक्छ । सन् २०२६ सम्म यो फिल्म फ्लोरमा नआउने खबर छ तर त्यसअघि अनिलले ल्याइरहेका अन्य फिल्म चाँडै नै दर्शकले हलमा हेर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?