मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेटमा बन्ने ग्यासको समस्याबाट छुटकारा पाउने यस्ता छन् घरेलु उपाय

जोयनेपाल
741
Shares
प्रतीकात्मक तस्वीर ।

काठमाडौँ- पेटमा बन्ने ग्यास अर्थात् ग्यास्ट्रिकको समस्या अहिले अधिकांश नेपालीहरुको समस्या हो भन्दा फरक नपर्ला । चिल्लो–पिरो, मसालेदार खाना, जङ्क फुडहरुको अत्याधिक सेवनका कारण ग्यास्ट्रिकको समस्या निकै बढ्दो छ ।

हामीमध्ये धेरैलाई चिल्लो –पिरो खान मनपर्छ । जसले गर्दा पेटमा ग्यास बन्ने गर्छ । यदि तपाईं पनि ग्यासको समस्याबाट पीडित हुनुहुन्छ भने आज हामी पाँच घरेलु उपायहरूको बारेमा बताउनेछौँ ।   

ज्वानो

ज्वानोमा थाइमोल नामक तत्व हुन्छ, जसले ग्यास्ट्रिकलाई कम गर्छ र पाचनमा मद्दत गर्छ । ग्यासको समस्या भए पानीसँग लगभग आधा चम्चा ज्वानो खान सकिन्छ । यसले पेटमा राहत मिल्छ ।

जिरा पानी

जिरा पानी ग्यास्ट्रिक वा ग्यासको समस्याको सबैभन्दा राम्रो घरेलु उपचार हो । जिरामा आवश्यक तेलहरू हुन्छ, जसले ¥याल ग्रन्थिलाई बढाउँछ । यसले खाना राम्रोसँग पचाउँछ र पेटमा अतिरिक्त ग्यासको बन्ने प्रक्रियालाई रोक्छ ।

हिङ पानी

आधा चम्चा हिङलाई हल्का तातो पानीमा मिलाएर पिउँदा पेटमा ग्यास बन्न कम हुन्छ । हिङले ग्यासबाट तुरुन्त राहत दिन मद्दत गर्छ । यसले पेट पनि सफा गर्छ र ग्यासबाट राहत दिन्छ ।

अदुवा

अदुवाको प्रयोग धेरै रोगको औषधिको रुपमा गरिन्छ । ताजा अदुवाको प्रयोग पेटको ग्यास हटाउन पनि गर्न सकिन्छ । पेटको ग्यासबाट राहत पाउन अदुवाको चिया पिउन सकिन्छ । अदुवाको चिया बनाउन एक कप पानीमा ताजा अदुवाका टुक्रा राखेर राम्रोसँग उमाल्नुहोस् र मनतातो बनाएर  पिउनुहोस् ।

बेकिङ सोडा र कागतीको रस

एकदमै सजिलो र छिटो तयार हुने घरेलु उपाय हो बेकिङ सोडा र कागतीको रस । एक चम्चा कागतीको रस र आधा चम्चा बेकिङ सोडालाई एक कप पानीमा मिसाएर पिउनुहोस् । यसले पेटको ग्यासबाट तुरुन्त राहत दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?