काठमाडौँ- अब नासपातीको सिजन शुरु हुनै लाग्यो । यो समय नासपातीका बोटहरु लटरम्म हुन्छन् । नासपाती खाँदा अनेक किसिमका स्वास्थ्यलाभ पनि मिल्छ । यो फलमा भिटामिन सी, भिटामिन बी–कम्प्लेक्स, भिटामिन के, खनिज, पोटासियम, फोलिक यौगिक, फोलेट, फाइबर, कपर, म्याङ्गनिज, म्याग्नेसियमजस्ता तत्व पाइन्छ ।
नासपातीमा क्यालोरीको मात्रा धेरै कम पाइन्छ, जसले तौल घटाउन मद्दत गर्छ । यति मात्र होइन, यसमा प्रशस्त मात्रामा पाइने फाइबरले पाचन प्रक्रियालाई सुधार गर्न पनि मद्दत गर्छ । अब हामी तपाईँलाई नासपातीबाट प्राप्त हुने फाइदाहरूको बारेमा बताउनेछौँ ।
नासपाती सेवनका फाइदाहरू
पाचन प्रणाली
नासपातीको सेवनले पाचन तन्त्रलाई सुधार गर्छ । जसलाई पाचन समस्याहरू छन्, उनीहरूको लागि नासपातीको सेवन धेरै फाइदाजनक हुन्छ ।
बलियो हड्डी
नासपाती क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्छ । हड्डीहरू कमजोर हुनबाट बचाउन नासपातीको सेवन गर्न सकिन्छ ।
बलियो प्रतिरक्षा प्रणाली
नासपातीमा भिटामिन सी र धेरै पोषक तत्वहरू पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । बलियो प्रतिरक्षा प्रणालीले शरीरलाई धेरै रोगहरूको चपेटामा पर्नबाट बचाउन सक्छ ।
आइरनको स्रोत
नासपातीलाई आइरनको राम्रो स्रोत मानिन्छ । जसमा हेमोग्लोबिनको कमी छ, उनीहरूले नासपातीको सेवन गर्नुपर्छ । यसले एनीमियाको कमी पूरा गर्न मद्दत गर्न सक्छ ।
थकानमा लाभ
शरीरमा थकान, कमजोरी महसुस हुन्छ भने नासपातीको सेवन गर्नुहोस् । नासपातीमा पाइने पोषक तत्वहरूले ऊर्जा बढाउन मद्दत गर्छ । यति मात्र होइन, यसले छालालाई पनि स्वस्थ राख्न मद्दत गर्न सक्छ ।
तौल घटाउन सहयोगी
नासपातीको सेवनले तौल घटाउन मद्दत गर्छ । नासपातीमा क्यालोरीको मात्रा धेरै कम पाइन्छ । यसलाई आहारमा समावेश गरेर तपाईं आफ्नो तौललाई नियन्त्रणमा राख्न सक्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया