मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वप्रसिद्ध नाटककार शेक्सपियर: सानै उमेरमा गरेका थिए विवाह, व्यापारी पनि थिए

काठमाडौँ- अंग्रेजी साहित्यका महान् लेखक विलियम शेक्सपियरलाई नचिन्ने बिरलै होलान् । कवि, नाटककार र अभिनेताको रुपमा अंग्रेजी साहित्यमा उनको स्थान अग्र स्थानमा छ । उनलाई अंग्रेजी भाषाको इतिहासमा सबैभन्दा प्रभावशाली लेखकका रुपमा मानिन्छ ।

तिनै प्रभावशाली लेखक शेक्सपियरका बारेमा आश्चर्यजनक तथ्यहरुबारे जानकारी दिन गइरहेका छौँ ।

शेक्सपियरले हिज्जे तथा वर्षविन्यास मिलाउन सकेनन्

शेक्सपियरले विद्यालयको शुरुवातीम दिनमा स्थानीय विद्यालयमा ल्याटिन भाषा सिकेका कारण उनले हिज्जे तथा वर्षविन्यास मिलाउन सकेका थिएनन् । स्थानीय सबैले आफूले चाहेको शब्दहरू हिज्जे गर्थे। शेक्सपियरले आफ्नो नाममा शुरुवातमा विलम शाक्प, विलियम शाक्सप, डब्ल्यूएम शाक्सप, विलियम शाक्सपियर र विलम शाक्सपियर जस्ता विभिन्न तरिकामा हिज्जे गरेका थिए । 

शेक्सपियरले सानै उमेरमा विवाह गरे

शेक्सपियरले सानै उमेरमा विवाह गरेका थिए । १८ वर्षको उमेरमा एनी ह्याथवेसँग विवाह गरेका यो जोडीले तीन वर्षमा तीन सन्तान जन्माए ।

शेक्सपियर अभिनेता बन्न चाहन्थे

शेक्सपियर करिअरको शुरुवाती समयमा अभिनेता बन्ने अभिलाषाका साथ लण्डन पुगेका थिए । यद्यपि उनले त्यहाँ अभिनयभन्दा नाटक लेखनको भविश्य देखे र त्यसैलाई निरन्तरता दिए । शुरुवाती समयमा उनले कमेडी नाटकहरु नै लेखेका थिए ।

शेक्सपियर अधिक सिर्जनशील थिए

साहित्य सिर्जना होस् या त्यसमा विचार अभिव्यक्त गर्ने काममा शेक्सपियर अत्यन्तै सिर्जनशील थिए । उनले आफ्नो जीवनकालमा ३७ वटा नाटकहरु लेखे भने थुप्रै कविताहरु समेत सिर्जना गरे । उनले प्रत्येक वर्ष दुई वटासम्म नाटक सिर्जना गरे । एकै वर्षमा १६ सय नौ वटा कविताहरु लेखेका उनले १५४ वटा त प्रकाशित नै गरे ।

शेक्सपियर महामारीबाट बचेका थिए

मानव समुदायको जीवनलाई उथलपुथल पार्ने प्लेग जस्तै महामारीबाट शेक्सपियर बाँचेका थिए ।  उनका ११ वर्षिय छोरा ह्याम्लेटको प्लेगकै कारण मृत्यु भएको थियो । यही रोगको मृत्यु र शोकले उनको लेखनलाई प्रभाव पर्‍यो । आफ्नो छोराको वियोगमा नै लेखेको नाटकको पात्रको नाम नै उनले ह्यामलेट राखे । 

शेक्सपियर चतुर व्यापारी पनि थिए

शेक्सपियर साहित्य सिर्जनामा मात्र नभएर एक चतुर व्यापारी पनि थिए । उनले आफ्नो थिएटर कम्पनि, लर्ड चेम्बरलेन्स मेन र द ग्लोबमा उनको स्वामित्व थियो । १५९९ मा उनले लन्डनमा शानदार ओपन थिएटर र ‘ब्ल्याकफ्रियर्स’ नामक इनडोर थिएटर समेत खोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?