मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नासको क्लिपर मिसनले बृहस्पतिको चन्द्रमा ‘युरोपा’ मा मानव बसोबासको सम्भावना खोज्ने

काठमाडौँ  नासाले बृहस्पतिको चन्द्रमा ‘युरोपा’ को खोजका लागि क्लिपर अभियान सञ्चालन गरेको छ । यसले त्यहाँ मानिस बस्नका लागि उपयुक्त अवस्थाहरू छन् वा छैनन् भन्ने अध्ययन गर्ने छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पतिको चन्द्रमा युरोपामा यान पठाएको छ, जसले त्यहाँ मानव बसोबासको सम्भावना के हो भनेर अनुसन्धान गर्ने बताइएको छ । युरोपालाई हाम्रो सौर्यमण्डलमा पृथ्वीबाहिर जीवनको अस्तित्व रहेका स्थानमध्ये एक मानिन्छ ।

नासाको यो मिसनले हिउँले ढाकिएको यस चन्द्रमामा जीवनको लागि अनुकूल अवस्था छ कि छैन भनेर जान्न प्रयास गर्नेछ । युरोपामा एक विशाल भूमिगत महासागर रहेको अनुमान वैज्ञानिकहरुले गरेका छन् ।

नासाको सौर्य उर्जाबाट चल्ने युरोपा क्लिपर अन्तरिक्ष यानलाई स्पेसएक्स फाल्कन हेभी रकेटमा केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो । यो यानमा नौवटा वैज्ञानिक उपकरण छन् । करिब साढे पाँच वर्षमा २.९ अर्ब किलोमिटरको यात्रा गरेपछि युरोपा क्लिपर सन् २०३० मा बृहस्पतिको कक्षमा प्रवेश गर्नेछ । अमेरिकामा मिल्टन आँधीका कारण यसो प्रक्षेपणमा ढिलाइ भएको थियो ।

वैज्ञानिकहरूले युरोपाको बरफको सतहमुनि रहेको नुनिलो पानीको महासागरमा चासो राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?