मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

२१ खर्ब ५२ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौँ – नेपाल राष्ट्र बैंकले देशको विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ ।

मंगलबार राष्ट्र बैंकले सार्बजनिक गरेको रिपोर्टका अनुसार गएको दुई महिनामा थप १ खर्ब ११ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति थपिए गत असारको तुलनामा यो ५.५ प्रतिशतले बढेको छ । गत असारसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ४.४ प्रतिशतले वृद्धि भई १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१र८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले वस्तु आयात तर्फ १६.८ महिना र वस्तु तथा सेवा १३.७ महिनाको आयात धान्न पर्याप्त रहको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?