मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाकिस्तान पुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन् । शाङ्घाई सहयोग संगठन ‘एससीओ’ शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर केहीबेरअघि पाकिस्तानको इस्लामावाद पुगेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।

जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन् ।

दुई देशबीचको सम्बन्धमा विगत केही वर्षदेखि देखिएको तनावका बीच भारतबाट पाकिस्तानको यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ । दुवै पक्षले शिखर सम्मेलनको अवसरमा जयशंकर र उनका पाकिस्तानी समकक्ष इशाक दारबीच कुनै द्विपक्षीय वार्तालाई अस्वीकार गरेका छन् ।

करिब नौ वर्षपछि भारतीय विदेशमन्त्रीले पाकिस्तान भ्रमण गरेको यो पहिलो पटक हो । कश्मीर मुद्दा र सीमापार आतंकवादलाई लिएर दुई देशबीचको सम्बन्ध अझै चिसो छ ।

२००१ को जुन १५ मा स्थापना भएको शाङ्घाई सहयोग संगठनमा १० देश स्थायी सदस्य रहेका छन् । जसमा चीन, भारत पाकिस्तान, बेलारुस, रुस, इरान, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान र उज्बेकिस्तान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?