मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छायांकनमा निस्कियो ‘फेरि रेशम फिलिली’

काठमाडौँ – ९ वर्षअघि प्रदर्शनमा आएको सफल फिल्म ‘रेशम फिलिली’ को दोस्रो श्रृंखलाको छायांकन सुरु भएको छ ।

दशैंको अवसर पारेर सोमबार बुढानिलकण्ठ मन्दिरमा मुहूर्त गरेपछि काठमाडौंबाट ‘फेरि रेशम फिलिली’ को दृश्य खिच्न सुरु गरिएको हो । नवमीको दिन फिल्मको ‘एनिमेडेट’ टिजर सार्वजनिक गरिएको थियो ।

निरोज महर्जनले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेती लगायतको अभिनय रहनेछ । विनय र कामेश्वर ‘रेशम फिलिली’मा पनि शीर्ष भूमिकामा थिए । अभिनेत्री मेनुका प्रधान भने दोस्रो भागमा दोहोरिएकी छैनन् ।

रौनक विक्रम कँडेल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । सह(निर्माता एनी थापा हुन् । सुशन प्रजापतिको छायांकन रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । पटकथा लेखनमा निर्देशक महर्जनलाई आकाश बरालको सघाएका छन् । गीतमा भने कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माले संगीत भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?