मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

च्याउ खाने गर्नुहोस्, स्वास्थ्यलाई गर्छ फाइदै फाइदा

काठमाडौँ– बजारमा प्रायः हरेक सिजन च्याउ बेच्न राखेको हुन्छ । च्याउ त्यस्तो खानेकुरा हो जसलाई जुनसुकै तरकारीमा मिसाउँदा पनि मिठो हुन्छ । च्याउका अनेकौँ परिकार पनि बनाउन सकिन्छ । च्याउलाई जुनसुकै मौसममा पनि खान सकिन्छ ।

च्याउले स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ । रुघाखोकी लागेको बेला च्याउको सेवन थप फाइदाजनक हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतको विकास गर्छ । यसका साथै विभिन्न रोगहरुबाट पनि च्याउले बचाउँछ । यसले शरीरमा रगतको मात्रा पनि बढाउँछ ।

यसमा हुने आइरनले शरीरमा अक्सिजनको कमी हुन दिँदैन । च्याउमा पाइने भिटामिन १२ ले रगतको मात्रा बढाउँछ । यसका साथै च्याउमा हुने फोलिक एसिडले पनि रगतको मात्रा बढाउन मद्दत गर्छ ।

च्याउमा हुने प्रोटिन र कपुरले शरीरको विकासमा धेरै सहयोग गर्छ । यसले तपाईलाई एनिमिया रोगबाट पनि बचाउँछ ।

कोलेस्ट्रोलको समस्या भएका बिरामीलाई च्याउले धेरै फाइदा पुर्‍याउने चिकित्सकहरु बताउँछन् । यसमा कोलस्ट्रोलको मात्रा कम गर्ने आवश्यक तत्व पाइन्छ ।

च्याउले तौल घटाउन पनि सहयोग गर्छ । यसमा घुलनशील फाइबर हुन्छ । यदि तपाई तौल घटाउन चाहानुहुन्छ भने च्याउको सेवन गर्न सक्नुहुन्छ । च्याउमा भिटामिन ए पनि पाइने भएकोले आँखालाई तेजिलो बनाउँछ ।

तर, सबै च्याउहरू खानलायक हुँदैनन् । धेरैजसो च्याउ विषादीयुक्त हुने भएकाले बजारमा पाइने च्याउ मात्र किनेर खानु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?