मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मनकामनाको केबल तीन दिनको लागि बन्द

काठमाडौँ– मनकामना केबलकार आज असोज २९ गतेदेखि तीन दिनसम्म बन्द भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको हो ।

केबलकारका नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम गर्नुपर्ने भएकाले तीन दिनका लागि सेवा बन्द भएको मनकामना दर्शन प्रालिले जनाएको छ । ती काम असोज २९ र ३० गते सकिने अनुमान छ । १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने प्रालिले जनाएको छ ।

मनकामना केबलकार मर्मत सम्भारका लागि अष्ट्रियाबाट प्राविधिकहरु झिकाइएको छ ।

दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । द्वादशीको एक दिन भने केबलकार चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?