मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म नमेटिने घाउमा एमाले अध्यक्ष केपी ओलीले अभिनय गर्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । उनले यसअघि प्रधानमन्त्री हुँदा निभाएका केही भूमिका र उनले गरेका भेटघाट लगायतका विषयमा कथामा समेटिने भएपछि अध्यक्ष ओलीले चलचित्रमा अभिनय गर्ने भएका हुन् ।

उनले फिल्म नमेटिने घाउमा अभिनय गर्न लागेको बताइएको छ । आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गरेर उक्त फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको अभिनय रहने आयोजकले बताएका छन् । उक्त फिल्ममा ओलीले प्रधानमन्त्रीको भूमिकामा देखिने छन् ।

फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । जुन फिल्म अभिनेता रमित ढुंगानाले निर्देशन गर्नेछन् । एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ । एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् । उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । उनले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?