मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्टरवाला फोटो देखेर गरे विवाह, विवाहपछि अनुहार श्रीमतीको अनुहार देखेपछि पुग्यो प्रहरीसम्म रिपोर्ट

काठमाडौँ– सामाजिक सञ्जालमा आफूलाई सुन्दर देखाउन मेकअप र फिल्टरको सहायता लिनु नौलो कुरा रहेन । त्यसैगरी, सामाजिक सञ्जालमा देखेका फोटोबाट मान्छे मन पर्ने र पछि बिहे भएका कतिपय घटना पनि देख्न पाइन्छ । तर सुन्दर देखिन सामाजिक सञ्जालमा मेकअप र फिल्टर प्रयोग गरेको व्यक्ति वास्तवमा अस्वभाविक रहेछ भने के हुन्छ ?

भारतमा यस्तै घटना भएको छ । भारतको आगराका एक युवाले महिलाको सुन्दर फोटो देखेर विवाहका लागि राजी भएका थिए । केटीलाई देखाएको बेला उनी मेकअपमा थिइन् । विवाहको समयमा पनि उनी मेकअपले निकै राम्री देखिएकी थिइन् ।

ती युवाले जब विवाहपछि बिना मेकअप श्रीमतीको अनुहार देखे तब विवाद शुरु भयो । विवाद यतिसम्म भयो की यो केश प्रहरीमासमेत दर्ता भयो । उनले आगराको प्रहरी चौकीमा उजुरी नै दर्ता गरे ।

मोबाइलको फिल्टरबाट खिचिएको फोटो

श्रीमानको अनुसार विवाह अगाडि मोबाइल फिल्टरको प्रयोगबाट फोटो खिचिएको थियो । फिल्टरको प्रयोग गरी युवतीको सुन्दर फोटो खिचिएको थियो । त्यही सुन्दर फोटो विवाह गर्ने केटालाई पनि पठाइएको थियो । फिल्टर पनि गजबकै थियो । यतिसम्म की ती युवा उनीसँग विवाह गर्न राजी भए । विवाह गरेको केही दिनपछिसम्म पनि ती युवती दैनिक मेकअप नै गर्थिन् ।

तर दिन बित्दै गएपछि मेकअपको रहस्य पनि खुल्यो ।

श्रीमतीले धोका दिएर विवाह गरेको भन्ने श्रीमानको आरोप छ । युवाका अनुसार उनकी श्रीमती निकै कुरुप थिइन् । यो घटना भारतीय प्रहरी समक्ष पुगेको छ । पछि प्रहरीले दुबै पक्षका परिवारलाई बोलाएर सम्झौता गराएको छ ।

उनीहरुको विवाह सन् २०२३ मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?