सन् २०२३ लाई बिदाइ गर्दै २०२४ को विश्वभर भव्य स्वागत गरिएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् (सन्) सुरुवात भएको मानिन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ।
याे अवसरमा अस्ट्रेलियाको सिड्नीस्थित हार्बर ब्रिज र ओपेरा हाउसमाथिको आकाशमा ८. ५ टनको आतिशबाजी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। आतिशबाजी १२ मिनेटसम्म चलेको थियो।
उक्त आतिशबाजीका लागि १५ महिना अगाडिदेखि तयारी गरिएको बताइएकाे छ । त्यस्तै लन्डन र फ्रान्समा भव्य आतिशबाजीका साथ नयाँ वर्ष उत्सव मनाइएको छ भने दक्षिण कोरियाको राजधानी सोल र उत्तर कोरियाको राजधानी प्योङ्गयाङ्गमा हजारौँ मानिस भेला भएर नयाँ वर्षको स्वागत गरेका थिए ।
यता जापानका देभभरका गुम्बाहरूमा घण्टी बजाएर नयाँ बर्ष स्वागत गरिदा न्युजिल्यान्ड, मलेसिया, सिंगापुर, थाइल्यान्ड हुँदै चीनसम्म विविध कार्यक्रमका साथमा अङ्ग्रेजी नयाँ वर्षकाे स्वागत गरिएको छ ।
पछिल्लो समय नेपालमा समेत केही दशक यता अङ्ग्रेजी क्यालेन्डर अनुसारको नयाँ वर्षको रौनक निकै बढ्दै गएको छ ।
राजधानी लगायत देशका विभिन्न स्थानमा अङ्ग्रेजी नयाँ वर्ष धूमधामका साथ मनाइएको छ । डिसेम्बर ३१ लाई न्यूयर इभका रुपमा नेपाली र विदेशी पर्यटकहरुले भव्य रुपले मनाएका छन् ।
काठमाडौँको ठमेल र पोखराको लेकसाइडमा राती अबेर सम्म केही विदेशी पर्यटक सहित नेपाली युवा पुस्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया