काठमाडौँ– अधिकांश व्यक्तिहरु आफ्नो कपाललाई बाक्लो र चम्किलो बनाउन चाहन्छन् । तर केही व्यक्तिहरुको सानै उमेरदेखि कपाल झर्न र सेतो हुने समस्या भोग्दै आएका हुन्छन् । यसको उपचारका लागि उनीहरु कैयन उपचारसमेत गर्दै आएका हुन्छन् ।
तपाईँ पनि यस्तै समस्यामा हुनुहुन्छ भने च्याउ तपाईँको लागि राम्रो औषधि हुन सक्छ । किनकि च्याउमा बायोटिन गुण पाइन्छ । जसले तपाईको कपाललाई बलियो बनाउँछ । बायोटिनले कपाललाई बढाउँछ र टुक्रिनबाट पनि बचाउँछ । यसका साथै च्याउमा भिटामिन डी पनि पाइन्छ । यसले कपालको विकास बढाउँछ । भिटामिन डी कपालको लागि अत्यावश्यक पोषक तत्व हो ।
च्याउमा पाइने एन्टीअक्सिडेन्टल गुणले कपालको हानीकारण चिजलाई निकाल्ने गर्छ । यसले कपाललाई बलियो बनाउँछ । यसका साथै च्याउमा सेलेनियम हुने भएकाले कपाल झर्नबाट रोक्छ ।
कपाललाई बलियो बनाउनका लागि च्याउलाई सुकाएर त्यसको पाउडर बनाएर लगाउन पनि सकिन्छ । च्याउको तेलको पनि प्रयोग गर्न सक्नुहुन्छ । यसले कपाललाई पोषण दिने काम गर्छ ।
यसका साथै तपाईले आफ्नो खानामा पनि च्याउलाई प्रयोग गर्न सक्नुहुन्छ । यसको सेवनले भित्रबाटै पोषण मिल्छ ।
कपाललाई मजबुत बनाउनका लागि च्याउलाई घरेलु उपचारको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । यसमा हुने पोषक तत्वले तपाईको कपाललाई बलियो बनाउँछ । यसको नियमित प्रयोगले कपाललाई मजबुत, चमकदार र बाक्लो बनाउन सक्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया