मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नवजात शिशलाई बाडुल्की लागे के गर्ने ?

काठमाडौँ– नवजात शिशहरुमा अनेकन समस्याहरु आइपर्छन् । धेरै प्रकारका समस्याहरुमध्ये बाडुल्की लाग्ने समस्या पनि एक हो । यसले गर्दा आमाबुवामाथि चिन्ता थपिन्छ । त्यसकारण हामी नवजात शिशहरुमा बाडुल्की किन लाग्छ र यसलाई कसरी रोक्ने भन्ने सन्दर्भमा तपाईंहरुलाई जानकारी गराउँदैछौं ।

यी हुन् बाडुल्की लाग्ने कारण:

छिटो छिटो र धेरै मात्रामा दूध खुवाउँदा

नवजात शिशहरुलाई बाडुल्की लाग्ने सामान्य प्रक्रियाकै रुपमा लिइन्छ । शिशुहरुले छिटो छिटो र अधिक मात्रामा दूध चुस्दा पेट फुल्न सक्छ र यसले गर्दा असहज हुन्छ । पेटमा परेको दबाबकै कारण बाडुल्की लाग्छ । त्यसैले शिशुहरुलाई थोरै थोरै र उचित मात्रामा दूध खुवाउने गर्नुपर्छ ।

दूध अड्किएमा

कहिलेकाहीँ शिशुहरुले दूध खाँदै गर्दा श्वासनलीमा दूध अड्किएको हुन सक्छ । यसले गर्दा उनीहरुलाई सास फेर्न कठिन हुन्छ र बाडुल्की लाग्न सक्छ ।

पेटमा ग्यास भरिएमा

यदि शिशुहरुको पेट फुलेको छ र ग्यास भरिएको छ भने शरीरमा असहज स्थिति आउँछ । यसले गर्दा सास फेर्न समेत गाह्रो बनाउँछ । यसले गर्दा पनि बाडुल्की लाग्न सक्छ ।

बाडुल्की रोक्ने उपायहरु

बिस्तारै र उचित मात्रामा दूध खुवाउने

शिशुहरुलाई दूध खुवाउँदै बिस्तारै खुवाउनुपर्छ । यसले गर्दा दूध अड्किने र सर्किने समस्या हुँदैन । चाहिने जति मात्र दूध खुवाउँदा उनीहरुले पचाउन समेत सक्छन् ।

बाडुल्की लागेमा बच्चालाई उठाउने

यदि शिशुहरुलाई बाडुल्की लागिरहेमा उनीहरुलाई माथि उठाएर पछाडि ढाडमा हल्का रुपमा थपथपाउनुपर्छ । यसले गर्दा अड्किएको दूध समेत तल जान्छ भने पेटेको ग्यास समेत बाहिर आउन मद्दत मिल्छ ।

चिकित्सकसँग परामर्श लिने

यदि शिशुहरुलाई पाँचदेखि दश मिनेटसम्म बाडुल्की लागिरहेमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ । सामान्य प्रक्रियाहरु अपनाउँदा पनि बाडुल्की नरोकिनु भनेको अर्को स्वास्थ्य समस्या समेत हुन सक्छ । यसकारण छिटो भन्दा छिटो स्वास्थ्य विशेषज्ञसँग भेटेर परामर्श लिइहाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?