काठमाडौँ– मानवको स्वस्थ शरीरका लागि निद्रा पनि आवश्यक हुन्छ । दिनमा कम्तिमा ८ घण्टा सुत्न चिकित्सकले पनि सल्लाह दिन्छन् । तर, पछिल्लो समय भने अनिद्राको समस्याले मानिसलाई तनाव दिएको छ ।
रातमा निद्रा नलाग्ने विविध कारणमध्ये खानपान पनि एक कारण भएको चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार उच्च मात्रामा चिनी र चिल्लोयुक्त खानेकुराको सेवन गर्दा रातमा राम्रो निद्रा नपर्ने हुनसक्छ । अर्थात् चिनी र चिल्लोले रातको निन्द्रा कमजोर बनाउँछ । अर्कोतर्फ सन्तुलित खाना, बढी प्रोटिन खाने मानिस निकै चाँडो निदाउँछन् ।
स्वस्थ्य खानेकुरा खानु आफैमा उत्तम विचार हो । कतिपय यस्ता खानेकुरा छन् जसको उपभोगले तपाईलाई मस्त निन्द्रा लाग्छ । कहिलेकाहीँ फ्याटी खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हो तर नियमित रुपमा यस्ता खानेकुरा खाँदा तपाईको निन्द्रा भने भगाइदिन्छन् ।
एक अध्ययन अनुसार उच्च चिल्लोयुक्त पोषण खाने मानिस दिउँसोको समयमा बढी झुल्छ । यसकारण क्याफिन, गुलियो खानेकुरा, फास्ट फुड, मदिरा, लगातका खानेकुराको सेवन कम गर्नुपर्छ । साथै दिनमा सुत्ने बानी पनि हटाउन आवश्यक छ ।
बिहानको खानापछि लाग्ने निन्द्राकै कारण धेरै मानिस समस्यामा पर्ने गरेका छन् । कतिपय मानिस मध्य रातसम्म नसुत्ने तर दिउँसोको समयमा सुत्ने बानी हुन्छ । व्यावसायिक वा पेशागत बाध्यता बाहेक दिउँसो सुत्नु राम्रो मानिँदैन । सन्तुलित खानाले निन्द्रामा सुधार लयाउने र दिनभर फूर्तिलो बनाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया